nmb bank

गृहपृष्ठ नागरिकता विधेयकमाथि विधायन व्यवस्थापन समितिमा छलफल हुँदै

नागरिकता विधेयकमाथि विधायन व्यवस्थापन समितिमा छलफल हुँदै

नागरिकता विधेयकमाथि विधायन व्यवस्थापन समितिमा छलफल हुँदै

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे समितिको सिंहदरबारस्थित कक्षमा बस्नेछ ।

बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल हुने जनाइएको छ । राष्ट्रियसभाको हिजोको बैठकबाट नागरिकता विधेयक उक्त समितिमा पठाइएको थियो ।

त्यसअघि, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । प्रतिनिधिसभाबाट जस्ताको त्यस्तै पारित गरी राष्ट्रियसभामा पठाइएको थियो ।

विधेयकमाथि विधायन व्यवस्थापन समितिमा छलफलपछि प्रतिवेदनसहित पुनः राष्ट्रियसभामा पेस गरिनेछ ।

प्रकाशित समय : ११:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु