गृहपृष्ठ Tag: नागरिकता विधेयक
नागरिकता विधेयक : सर्वोच्चको मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश

सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको फाइल र मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश दिएको छ । यही जेठ १७ गत राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण गरेका थिए ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन गरिएको छ। राजपत्रमा प्रकाशित ‘नेपाल नागरिकता ऐन २०६३’लाई संशोधन गर्न बनेको ऐनमा बाबु वा आमा पत्ता नलागेका बालबालिकालाई १६ वर्ष उमेर पूरा गरेपछि वंशजका आधारमा नागरिकता दिने व्यवस्था...
राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीद्धारा हस्ताक्षरित एक विज्ञप्ति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’लाई...
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेकै दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने भारत प्रस्थान गरेका छन् । ‘भारतलाई उपहार स्वरुप नागरिकता विधेयक प्रमाणीकरण भएको’ भन्ने चर्चा पनि चलिरहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणकै...
करिब साढे सात महिनादेखि शीतलनिवासमा अलपत्र नागरिकता विधेयकमाथि राष्ट्रपति रामचन्द्र पौडेलले कानूनी परामर्श थालेका छन् । आफ्नो सन्देशसहित एक पटक फर्काएको विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेर पुनः पेश गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरी छाडेकी थिइन्...
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा दायर भएका पाँचवटा रिटको सुनुवाइ सरेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार भोलि सार्वजनिक बिदा भएकाले उक्त रिटमाथि को सुनुवाइ आइतबारका लागि सरेको हो । राष्ट्रपति भण्डारीले संघीय...
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका छन् । चुनाव केन्द्रित कार्यक्रममा गृहजिल्ला मकवानपुरमा रहेका थापाले बकैया गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रत्येक नेपालीले नागरिकता...
नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटको आज (शुक्रबार) सुनुवाइ हुँदैछ । राष्ट्रपतिको कदम संविधान विपरीत भन्दै बिहीबार सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता भएका छन् । उक्त रिटको पेसी आजका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता...
नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान नै मिचेको आरोपमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान नै मिचेको...
उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'ले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् । दुवै सदनबाट पारित भइ नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेको थियो । तर राष्ट्रपति भण्डारी विधेयक प्रमाणीकरण नगरी छलफलमा...













