गृहपृष्ठ Tag: कर्णाली प्रदेश
कर्णाली प्रदेशमा समानुपातिकको अन्तिम परिणाम घोषणा नहुँदै सरकार गठनका विषयमा शीर्ष नेतालाई भेट्न लर्को लाग्न थालेको छ । प्रदेश सरकार गठनका लागि राजनीतिक दलका प्रदेश समितिले गरेका निर्णय केन्द्रले नमान्ने भएकाले नेता केन्द्रमा गएर आफ्नो पक्षमा लबिङ सुरु गर्न थालेका...
सबैभन्दा धेरै जुम्लामा नाै जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार मुगुमा आठ जना, कालिकोट र हुम्लामा ४-४ जना, जाजरकोटमा तीन जनाको मृत्यु भएको छ । डोल्पा र सल्यानमा...
गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले २९ खेलमा सहभागिता जनाउने भएको छ । प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुने भए पनि कर्णालीले २९ खेलमात्र सहभागिता जनाउने कर्णाली खेलकुद परिषद्ले जनाएको छ । परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार राष्ट्रिय खेलकुद परिषद्ले...
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही धनिराम लामिछानेको मृत्यु प्रकरणको वस्तुस्थिति बुझ्न डिभिजन वन कार्यालय सुर्खेतमा पुगेका छन् । लेकबेँसी नगरपालिका-१० सुर्खेत स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१३ भूतचोकमा बस्दै आएका ५८ वर्षीय लामिछानेलाई बिहीबार सालको रूख काटेको...
कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नेपालको संविधानको धारा १६८ (९) बमोजिम नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य शाहीलाई मन्त्री पदमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख...
कर्णाली प्रदेशमा बालीको उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११.२४ प्रतिशतले घटेको पाइएको छ । नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा सार्वजनिक आव २०७८/७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो आवको...
महालेखापरीक्षकको चौथो प्रतिवेदन–२०७९ ले कर्णाली प्रदेश सरकार मातहतका निकायमा बर्सेनि बेरुजु बढ्दै गएको जनाएको छ । प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेशको अद्यावधिक बेरुजु दुई अर्ब ७९ करोड ८७ लाख ३० हजार पुगेको छ । आव २०७७/७८ मा प्रदेश...
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याइएको बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको १०औँ अधिवेशनको २३औँ बैठकमा ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य दल रावलले कर बढाउने घटाउने काम...
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा ६२.३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार चालु आव ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजारमध्ये २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार...
नेपाली कांग्रेसको भ्रातृ संस्थालाई पूर्णता नपाएको विषयमा शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवामाथि दबाब सिर्जना गर्ने भएको छ । काठमाडौँको विशालनगरमा कोइराला समूहको बैठक बसेको थियो । सो समूहले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको...













