गृहपृष्ठ नवौं राष्ट्रिय खेलकुद : कर्णालीबाट २९ खेलमा प्रतिस्पर्धा
नवौं राष्ट्रिय खेलकुद : कर्णालीबाट २९ खेलमा प्रतिस्पर्धा
गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले २९ खेलमा सहभागिता जनाउने भएको छ । प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुने भए पनि कर्णालीले २९ खेलमात्र सहभागिता जनाउने कर्णाली खेलकुद परिषद्ले
जनाएको छ ।
परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिता व्यवस्थापनका लागि ४९ लाख बजेट पठाएको छ । आठौं राष्ट्रिय खेलकुदमा एक करोड ५० लाख बजेट पठाएको परिषद्ले यसपालि करिब ८० प्रतिशत बजेट कटौती गरेर पठाएको उनको भनाइ छ ।
प्रदेश परिषद्ले नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेशका १० वटै जिल्लामा खेलाडी छनोटको काम गरिरहेको छ । खेलाडी छनोटका लागि प्रत्येक जिल्लामा ६–६ लाखका दरले बजेट पठाइएको उपाध्यक्ष हमालले बताए । उक्त बजेट सामाजिक विकास मन्त्रालयमार्फत जिल्ला खेलकुद विकास समितिलाई पठाइएको हो ।
शनिबारसम्म सबै जिल्लाबाट खेलाडी छनोट गरिसक्नुपर्ने भए पनि केही जिल्लामा मात्रै खेलाडी छनोट भएका छैनन् ।
प्रकाशित समय : ०९:४८ बजे



















