गृहपृष्ठ Tag: राप्रपा
भारतको नक्सामा नेपालको भूमि समेटिनु राष्ट्रियतामाथीको प्रहार हो : राप्रपा

भारतको ‘अखण्ड भारत’को नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएको विरोधमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संघर्षमा उत्रिने भएको छ । नेपालको राष्ट्रियतमाथि प्रहार गर्ने भारतको उक्त कार्य सच्याउन माग गर्दै संघर्षमा उत्रिन लागेको संगठनका संयोजक अधिवक्ता सुजित केसीले जानकारी दिए ।

राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रहरी प्रशासनले लिएको अग्रता र सक्रियता अग्रसरता प्रशंसनीय रहेको जनाएको छ । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा गृह प्रशासनको अग्रसरता र सक्रियता प्रशंसनीय रहेको बताएका हुन्...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकले सो पदको उम्मेदवारलाई मत नदिने निर्णय गरेको नेता राजाराम श्रेष्ठले बताए । बैठकले...

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् । प्रदेशसभा–१ बाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी १५२२ मतान्तरले विजयी भएका...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । ‘कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन’, श्रेष्ठले भने ।...

एमाले अध्यक्ष केपी ओलीले सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउने बताएका छन् । झापा १ इँटाभट्टामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गदै ओलीले एमालेका नेता कार्यकर्ताले राप्रपाका उम्मेदवारलाई जिताउनै पर्ने बताए । राप्रपा गठबन्धनमा नगएर आफूतिर आएकाले त्यो पार्टीका उम्मेदवारलाई...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा आयोजना गर्दैछ । चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो । सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम...

राप्रपाले आउँदो शुक्रबार काठमाडौंमा आमसभा गर्ने भएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले शुक्रबार काठमाडौंमा आमसभा गर्न लागेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।...

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्दैछन् । पार्टी प्रवेश कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना गरिंदैछ । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण...

हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चन्दा संकलन अभियान सुरु गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखैमा थालिएको यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ । जुन बिहिबारदेखि सुरु भएको छ । काठमाडौंमा आयोजित...