global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड

राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड

राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । ‘कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन’, श्रेष्ठले भने ।

राप्रपाको झण्डा, ब्यानर च्यातिएको छ ।

काठमाडौं–५ मा राप्रपाबाट प्राध्यापक डा. रामप्रसाद उप्रेती, एमालेबाट ईश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन् ।

प्रकाशित समय : ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु