global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपा तटस्थ बस्ने

उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपा तटस्थ बस्ने

उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपा तटस्थ बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकले सो पदको उम्मेदवारलाई मत नदिने निर्णय गरेको नेता राजाराम श्रेष्ठले बताए । बैठकले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपूर्तिको व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न माग गरेको छ ।

हाल बैंकबाट ब्याज बढ्न थालेकाले साना उद्योगी, व्यवसायी, किसानलगायत सम्पूर्ण आर्थिक क्षेत्रमा नकारात्मक असर परिरहेकाले ब्याजदर तत्काल नियन्त्रण गर्न र देशमा वित्तीय सन्तुलन कायम राख्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । बैंकको ब्याजदरकै विषयमा आन्दोलनरत व्यवसायीको माग तत्काल सम्बोधनका लागि सरकारसँग राप्रपा बैठकले माग गरेको छ ।

प्रकाशित समय : १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु