गृहपृष्ठ स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह
स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधामन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बालेनले आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि रोजगारी सिर्जना गर्न उनले जेनजी सांसदहरूलाई आग्रह गरेका हुन् ।
अन्तरक्रियाका क्रममा प्रधानमन्त्रीले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्यो भन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आव्हान गरे ।
यसका लागि उनले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यावहारिक सोच त्याग्न सुझाव दिए ।
साथै, राजनीतिलाई पेशा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्दै दीर्घकालीन रुपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्नसमेत आग्रह गरे ।
सांसदहरुले प्रधानमन्त्रीको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रुपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिवद्धता व्यक्त जनाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रकाशित समय : १७:१४ बजे


















