गृहपृष्ठ Tag: मनसुन

देशका सबै भागबाट यो वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि देशका सबै भागबाट सरदरभन्दा १४ दिन ढिला गरी देशका सबै भागबाट बाहिरिएको हो । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा...

नेपालको ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ । २२ जेठ अर्थात ५ जुनमा नेपालको पूर्वी भू-भागबाट मनसुन प्रवेश गरेको थियो । यस वर्षको मनसुन २९ असोज अर्थात् १५ अक्टोबरबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश...

काठमाडौं : यस वर्ष (२०७९) मनसुन सुरु भएपछिको एक सय दिनमा मनसुनजन्य विपद्का घटनाले ठूलो क्षति गरेको छ । २०७९ सालमा मनसुन जेठ २२ गतेबाट सुरु भएको थियो । गत भदौ २७ गते मनसुन सुरु भएको एक सय दिन पुरा...

हाल देशका प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी...

यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो । देशका बाँकी भू-भागमा केही दिन पछि मनसुन प्रणाली प्रवेश...

नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही...