global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मनसुनको सय दिनः १०७ जनाको मृत्यु, ११ जना बेपत्ता

मनसुनको सय दिनः १०७ जनाको मृत्यु, ११ जना बेपत्ता

मनसुनको सय दिनः १०७ जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं : यस वर्ष (२०७९) मनसुन सुरु भएपछिको एक सय दिनमा मनसुनजन्य विपद्का घटनाले ठूलो क्षति गरेको छ ।

२०७९ सालमा मनसुन जेठ २२ गतेबाट सुरु भएको थियो । गत भदौ २७ गते मनसुन सुरु भएको एक सय दिन पुरा भएको थियो ।

राष्ट्रि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापना प्राधिकरणका अनुसार यस अवधिमा बाढी, पहिरो, अबिरल वर्षा, चट्याङ र सर्पदंशका ५१२ वटा घटना भएका थिए ।

ती घटनामा १०७ जनाको मृत्यु, ११ जना बेपत्ता, १९३ जना घाईते भएको प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । विपद्का घटनाबाट उक्त समयमा ६४३ परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।

‘सबैभन्दा बढी ४६ जनाको मृत्यु चट्याङ्गबाट भयो, १३० जना घाईते भए । पहिरोको कारण २७ जनाको मृत्यु र ३४ जना घाईते भएका छन् । बाढीमा परेर अहिलेसम्म १४ जनाको मृत्यु, १७ जना घाइते र ११ जना वेपत्ता छन् । भारी वर्षाका कारण ५ जनाको मृत्यु, १० जना घाईते भएका छन् । सर्पदंशबाट १५ जनाको मृत्यु र २ जना घाइते भएका छन्,’ प्राधिकरणले विज्ञप्तिमा भनेको छ ।

पाँच प्रकारको विपद् घटनाबाट मनसुन सुरु भएपछिको एक सय दिनमा ४९ जिल्लाले मानवीय क्षति व्यहोरेको छ । सो अवधिमा ५ हजार ४६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्राधिकरणले जनाएको छ ।

अघिल्लो वर्ष २०७८ सालमा मनसुन सुरु भएपछिको एक सय दिन (२०७८ जेठ २८ – असोज २) मा ७१७ वटा मनसुनजन्य विपद्का घटना भएका थिए । ती घटनामा १७४ जनाको मृत्यु, ३७ जना बेपत्ता र १८१ जना घाइते भएका थिए ।

प्रकाशित समय : १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु