गृहपृष्ठ Tag: काठमाडौँ महानगरपालिका
काठमाडौं महानगरपालिकाले पूर्व स्वीकृतिबिना संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत् आउने योजना कार्यान्वयन गर्न नदिने भएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले बुधबार २०८०/०८१ को नीति तथा कार्यक्रम पेश गर्दै संघ र प्रदेशबाट आउने यस्ता कार्यक्रममा महानगरको पूर्व सहमति र...
काठमाडौं महानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने ३९ निजी विद्यालयलाई १ लाख रुपैयाँसम्मको दरले जरिवाना तिराउने भएको छ । मेयर बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्चालमा लेख्दै हालसम्म विवरण नपठाउने विद्यालयलाई जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने जनाएका छन् ।...
काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ । आज बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाइएको छ । टिकट काउन्टरहरु हटाउन नगर प्रहरीहरुसँगै सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ...
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शाहको भ्रमण स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । जेठ २९ गतेदेखि ३२ गतेसम्म महानगरपालिकाहरुको विश्व...
काठमाडौँ महानगरपालिकामा मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका सात हजार बढी निवेदकले नक्सा स्वीकृत गराउन निवेदन दिएका छन्। प्राप्त निवेदनमध्ये एक हजार सात सय ३५ जनाको नक्सा पास भएको छ । बाँकी निवेदकबाट नक्सा दर्ता गर्नेलगायत प्रक्रिया...
सर्वोच्च अदालतले सिंहदरबार र राष्ट्रपति निवासलगायत क्षेत्रको फोहोर तीन दिनभित्र उठाई विसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ । काठमाडौंका मेयर बालेन शाहले संघीय सरकारले सहयोग नगरेको भन्दै सिंहदरबार र राष्ट्रपति निवासको फोहोर नउठाउने सार्वजनिक उर्दी जारी गरेका...
काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन दिएको सूचनालाई तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सोमबार न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले यसअघिकै आदेशलाई निरन्तरता...
काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो...
काठमाडौं महानगरपालिका काठमाडौं प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौं प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच बुधबार सहमति भएको छ । सहमति पत्रमा...
काठमाडौँ महानगरपालिकाले ऐतिहासिक ढुङ्गेधाराको संरक्षण र भूमिगत पानी पुनःभरणका लागि अध्ययन अघि बढाएको छ । कामपाले उक्त कार्य वडा नं १५ बाट सुरु गरिसकेको छ । उक्त कार्यका लागि कामपाले इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्य सुरु गरेको कामपाका प्रवक्ता...












