गृहपृष्ठ पूर्वस्वीकृति नलिएका संसदीय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन नगर्ने बालेनको चेतावनी
पूर्वस्वीकृति नलिएका संसदीय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन नगर्ने बालेनको चेतावनी
काठमाडौं महानगरपालिकाले पूर्व स्वीकृतिबिना संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत् आउने योजना कार्यान्वयन गर्न नदिने भएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले बुधबार २०८०/०८१ को नीति तथा कार्यक्रम पेश गर्दै संघ र प्रदेशबाट आउने यस्ता कार्यक्रममा महानगरको पूर्व सहमति र समन्वय अनिवार्य हुने उल्लेख गरेका हुन् ।
विगतमा रोकिएको कार्यक्रम यसवर्षबाट सरकारले फेरी ल्याएपछि महानगरले त्यस्ता कार्यक्रममा आफ्नो भूमिका खोजेको हो । सांसदहरुले मनलाग्दी छनौट गरेको अवस्थामा मान्य नहुने मेयर शाहले पेस गरेको नीति तथा कार्यक्रममा छ ।
‘संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्व सहमति एवं समन्वय बिना छनौट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रकाशित समय : ०७:०६ बजे



















