global ime bank Long Banner Ad

गृहपृष्ठ ‘बजेट संसाेधन हुन्छ, सरकार ढल्दैन’

‘बजेट संसाेधन हुन्छ, सरकार ढल्दैन’

‘बजेट संसाेधन हुन्छ, सरकार ढल्दैन’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानूनमा कतै नभएको बताएकी छिन् । बुधवार मंगलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै मन्त्री शर्माले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको उदाहरण दिँदै बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानूनमा कतैपनि नलेखिएको बताएकी हुन्।

उनले नेकपा हुँदा पनि बजेटमा असन्तुष्टिहरु आएको भन्दै बजेटमा असन्तुष्टि जनाउनु स्वभाविक भएको बताइन् । उनले बजेट संशोधन गरेर जाने बारेमा छलफल भइरहेको पनि बताइन् । उनले बजेट संशोधन हुँदैमा सरकार ढल्ने भन्नेकुरा परम्परागत भएको उल्लेख गर्दै परम्परालाई तोड्नुपर्ने बताइन्।

उनले भनिन्, ‘बजेटमा यस्तो हुन्छ, यस्तो पहिला पनि भएको थियो । पहिला नेकपा हुँदा त्यो बेलाका अर्थमन्त्रीले कसरी बजेट प्रस्तुत गर्नुभएको थियो त्यो हामी सबैलाई थाहा छ । अहिले पनि बजेटमा सम्भवतः धेरैका असन्तुष्टि छन् । एउटा त सीमा हो, हामीसँग पैसा कम भयो । अर्को असन्तुलन भयो भन्ने पनि छ, त्यसका लागि छलफल भइरहेको छ । यसलाई मिलाएर जानुपर्छ भन्ने कुरा छ । बजेट संशोधन हुनु नै सरकार असफल हुनु हो भन्ने ढंगको यो परम्परागत हो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा संशोधन भएको छ। अहिलेसम्म हामी परम्परामा छौँ, जसले भन्नुभयो, त्यो परम्परामा बोल्नुभयो। बजेट संशोधन हुँदा सरकार ढल्छ भन्ने कुनै कानूनमा छैन।’

प्रकाशित समय : ०६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु