global ime bank Long Banner Ad

गृहपृष्ठ हवाई भाडा घट्यो, अब कति ?

हवाई भाडा घट्यो, अब कति ?

हवाई भाडा घट्यो, अब कति ?

हवाई इन्धनको साविकको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटेपछि हवाई भाडामा न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ५ सय ४० रुपैयाँसम्म घटेको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार, आयल निगमले हवाई इन्धनको साविकको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएसँगै आन्तरिक उडानमा रहेका वायुसेवाहरुको भाडामा फ्युल–सर–चार्ज घटेको हो । वायुसेवाले १ सय ६० रुपैयाँ प्रतिलिटरमा खरिद गर्ने हवाई इन्धनमा ६ प्रतिशत मूल्य घटेर १ सय ५० रुपैयाँमा झरेपछि प्राधिकरणले आन्तरिक तर्फका सुगम र दुर्गम भेगका उडानमा जहाज र हवाई दुरीका आधारित सुत्रका आधारमा मूल्य घटाएको हो । यो मूल्य बुधबारदेखि लागू भएको हो ।

प्राधिकरणका अनुसार, सबैभन्दा धेरै हवाई भाडामा घट्ने सेक्टरमा विराटनगर–नेपालगन्ज ५ सय ४०, काठमाडौं–धनगढी ४ सय ४५, काठमाडौं–सुर्खेत ३ सय ४५ लगायत छन् ।

यस्ताे छ सूची

प्रकाशित समय : ०६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु