गृहपृष्ठ ‘सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउनू’
‘सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउनू’
सर्वोच्च अदालतले सिंहदरबार र राष्ट्रपति निवासलगायत क्षेत्रको फोहोर तीन दिनभित्र उठाई विसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ ।
काठमाडौंका मेयर बालेन शाहले संघीय सरकारले सहयोग नगरेको भन्दै सिंहदरबार र राष्ट्रपति निवासको फोहोर नउठाउने सार्वजनिक उर्दी जारी गरेका थिए । त्यसपछि सिंहदरबार र राष्ट्रपति निवासको फोहोर उठेको थिएन ।
यही विषयलाई लिएर अधिवक्ता पदमबहादुर श्रेष्ठ लगायतले काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।
यसका साथै सर्वोच्चले फोहोर व्यवस्थापन हुने ल्यान्डफिल साइटको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रकाशित समय : १८:३० बजे