global ime bank Long Banner Ad

गृहपृष्ठ सार्वजनिक निकायको काम राति मात्र गर्न काठमाडौं महानगरको आग्रह

सार्वजनिक निकायको काम राति मात्र गर्न काठमाडौं महानगरको आग्रह

सार्वजनिक निकायको काम राति मात्र गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो ।

महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन भनेको छ ।

सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्माणाधीन स्थल संकेत गर्नसमेत महानगरले अनुरोध गरेको छ ।

यस्तो निर्माणका क्रममा नागरिकलाई हुने सास्तीलाई कम गर्न सकभर राति ८ बजेपछि मात्रै काम गर्न गराउन सार्वजनिक निकायलाई महानगरले आग्रह गरेको छ । निर्माण कार्य पूरा भएपश्चात सम्बन्धित निकायले नै सडक वा सडक पेटीको सरसफाइ गरिदिनुपर्ने महानगरले बताएको छ ।

महानगर क्षेत्रमा संरचना निर्माणका क्रममा सडक छेउ र पेटीमा राखिने निर्माण सामग्रीले दुर्घटनाको जोखिमसँग पैदलयात्रीलाई हिंड्नसमेत अप्ठेरो हुने गरेको छ ।

यदि सूचनामा उल्लिखित कार्य नभए ऐन बमोजिम जरिवाना गर्ने चेतावनीसमेत महानगरले दिएको छ ।

महानगरकाे सूचना

प्रकाशित समय : १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु