काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तनहुँको पहिरोमा १ जनाको मृत्यु, ५ बेपत्ता

11.59K
shares

गएराति तनहुँ विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोको कारण एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका ६ बेलौतेडाँडामा घर माथीबाट पहिरो आई घरको भित्ताले पुरिएर १७ वर्षीया लक्ष्मी विकलाई मृत्यु भएको हो । उनलाई तत्काल उपचारको लागि रत्नहरी अस्पताल दमौली लगिएको थियो ।

अस्पताल पुराउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घर पूर्ण रुपमा क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । त्यसैगरी रिसिङ गाउँपालिका ८ पल्टयाङ भैसिलिकीमा पहिरो जादाँ पाँच जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । बेपत्ता भएकाको खोजी कार्य जारी रहेको छ ।

अनबहादुर थापाको २ वटा घर माथिबाट आएको पहिराले पुरिदा उनकी श्रीमती ६० वर्षीय ज्योतिमाया थापाको प्रहरीले उद्धार गरेको जनाएको छ । त्यस्तै अर्को घरमा रहेका ५ जना पुरिएर वेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । प्रहरीको टोलीद्वारा पाँच जनाको खोजीकार्य भइरहेको छ ।

बेपत्ता हुनेमा थापाका जेठो छोरो ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, ५ वर्षीय छोरी अमिषा थापा, २२ वर्षीय २२ महादेव थापा र १९ वर्षीकी मनिसरा थापा रहेका छन् ।