global ime bank Long Banner Ad

गृहपृष्ठ युभेन्टसलाई लगातार नवौं सिजन इटालियन सिरी ‘ए’को उपाधि

युभेन्टसलाई लगातार नवौं सिजन इटालियन सिरी ‘ए’को उपाधि

युभेन्टसलाई लगातार नवौं सिजन इटालियन सिरी ‘ए’को उपाधि

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आवद्ध युभेन्टसले लगातार नवौं सिजन इटालियन सिरी ‘ए’को उपाधि हासिल गरेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा साम्पडोरियामाथि २-० को जित निकालेपछि दुई खेल बाँकी छँदै युभेन्टस सिरी ‘ए’ च्याम्पियन बनेको हो ।

युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नरडेस्चीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । ६७औं मिनेटमा फेडरिको बर्नरडेस्चीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।

७७औं मिनेटमा साम्पडोरिया १० खेलाडीमा समेटियो । मिरालेम प्यानिचमाथि फउल गरेपछि रेफ्रीले मोर्टेन थोर्सवीलाई दोहोरो पहेँलो कार्ड देखाउँदै मैदानबाहिर पठाए । ८८औं मिनेटमा युभेन्टसले पेनाल्टी पाए पनि रोनाल्डोले सदुपयोग गर्न सकेन ।

च्याम्पियन बनेको युभेन्टसको ३६ खेलबाट ८३ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको ७६ अंक रहेको छ । पराजित साम्पडोरिया ४१ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

प्रकाशित समय : १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु