गृहपृष्ठ एनआईसी एसिया बैंकमा आफैँ खाता खोल्न सकिने
एनआईसी एसिया बैंकमा आफैँ खाता खोल्न सकिने
एनआईसी एसिया बैंकले आफैँ खाता खोल्न सकिने सुविधा सुरु गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ गतिशील बैंकिङे अभ्यास गर्दै आएको एनआईसी एसियाले सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणालीको सुरुवात गरेको हो ।
ग्राहकले ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणालीमार्फत भौतिक फारामको सट्टा खाता खोल्नका लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षरलगायतका विवरण डिजिटल प्रणालीबाटै भरेर बचत खाता सहज तरिकाले खोल्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । यस प्रणालीमा सेवाग्राहीले चामत्कारिक सुविधा रहेको नौवटा न्यु प्रिमियम सुपर चामत्कारिक खाता योजनामध्ये आफूले इच्छाएको खाता छनौट गरी बिना झन्झट खाता खोल्न सक्नुहुनेछ । कम्प्युटरमा दक्षता नपुगेका ग्राहकका लागि बैंककै कर्मचारीको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । त्यसका लागि बैंकले देशभरका शाखा कार्यालयमा छुट्टै डिजिटल लबीको व्यवस्था गरेको छ ।
बैंकले यसअघि आईसर्भ प्रणालीमार्फत सेवाग्राहीले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफूले चाहेको यस बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाइन प्रणाली सुरु गरिसकेको छ । यसबाहेक बैंकले मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई–कमर्स दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत अनलाइन प्रणाली आईसर्भमार्फत सेवा दिइरहेको जनाएको छ ।
यस बैंकका डिजिटल सर्भिसहरु जस्तै डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता २२ लाख रहेको अवस्थामा बैंकले विद्युतीय भुक्तानी तथा डिजिटल सेवालाई अझ परिस्कृत बनाउँदै लगेको जनाएको छ । बैंकले मोबाइल बैंकिङ वा कार्डहरूमार्फत देशभरका २ हजार ५०० भन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा कारोबार गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।
एनआईसी एसिया बैंक मुलुकभर ३२६ शाखा, ४६५ एटिएम, १०१ एक्सटेन्सन काउन्टर तथा ६४ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै ठूलो शाखा सञ्जाल भएको बैंक हो ।
प्रकाशित समय : १७:५९ बजे



















