global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल टेलिकमको वेबसाइट परिर्माजन, एडिएसएलदेखि सियुजी सेवासम्म घरबाटै

नेपाल टेलिकमको वेबसाइट परिर्माजन, एडिएसएलदेखि सियुजी सेवासम्म घरबाटै

नेपाल टेलिकमको वेबसाइट परिर्माजन, एडिएसएलदेखि सियुजी सेवासम्म घरबाटै

नेपाल टेलिकमले वेबसाइट परिमार्जन गरेको छ । सेवालाई थप डिजिटाइज गर्न तथा ग्राहकमैत्री तथा जानकारीमूलक बनाउनका लागि वेबसाइट परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।

वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिने र आफन्त वा साथीभाईलाई प्याकेज गिफ्ट दिन पनि टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध ब्यालेन्सको बारेमा पनि वेबसाइटबाटै जानकारी लिन सकिन्छ ।

रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवामा अनलाइन रिचार्ज पनि वेबसाइटबाटै गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै नयाँ सिमकार्ड लिनका लागि आवश्यक केवाइसी फर्म यहीँबाट भर्न सकिन्छ । कम्पनीबाट उपलब्ध रोमिङ सेवा, फ्रेन्डस् एन्ड फेमिली सेवा, नमस्ते क्रेडिट सेवा, मिस्ड कल अलर्ट सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्यु एडेड सर्भिस, फोरजी एलटीई सेवा, फाइबर टु द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुपजस्ता सेवाहरुको बारेमा पनि यहीँबाट जानकारी लिन सकिने छ ।

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु