गृहपृष्ठ माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सहकार्यका लागि सहमति
माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सहकार्यका लागि सहमति
माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सहकार्यका लागि सहमति भएको छ । कर्मचारी सञ्चय कोषका ऋणीले लिएको ऋणको साँवा तथा ब्याज कनेक्ट आईपीएसमार्फत भुक्तानी दुवै संस्थबीच सहमति भएको हो ।
सञ्चय कोषबाट कर्जा लिएका ऋणीले साँवा र ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्ने गरी भएको सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने र कर्मचारी सञ्चय कोषका चिफ म्यानेजर अर्जुनकुमार गौतमले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता भएका कर्मचारी सञ्चय कोषका ऋणीले कनेक्ट आईपीएस अनलाइन पोर्टलमा लग इन गरेपछि गभर्मेन्ट पेमेन्टअन्र्तगत सञ्चय कोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । नयाँ व्यवस्थाअनुसार बैंक नपुगीकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट किस्ता रकम सजिलै भुक्तानी गर्न सकिनेछ ।
स्थापना कालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध माछापुच्छ्रे् बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म १५९ शाखा, १३४ शाखारहित बैँकिङ सेवासमेत गरी २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएम र एक हजारभन्दा बढी पिओएस मेसिनमार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैँकिङ सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय : १७:४० बजे



















