global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्य १ लाखनजिक, एकैदिन बढ्यो १२ सय रूपैयाँ

सुनको मूल्य १ लाखनजिक, एकैदिन बढ्यो १२ सय रूपैयाँ

सुनको मूल्य १ लाखनजिक, एकैदिन बढ्यो १२ सय रूपैयाँ

निरन्तर उकालो लाग्ने क्रममा सुनको मूल्य प्रतितोला एक लाख रूपैयाँनजिक पुगेको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुनको मूल्य पनि तोलामा १२ सय रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार सोमबार तेजाबी सुन ९७ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार असली चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु