global ime bank Long Banner Ad

गृहपृष्ठ कालिकोटमा पहिरोले पुरिँदा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

कालिकोटमा पहिरोले पुरिँदा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

कालिकोटमा पहिरोले पुरिँदा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

कालिकोटको नरहरिनाथ गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा पुरिएर ९ जनाको ज्यान गएको छ । पहिरोमा ज्यान गुमाउनेमध्ये एकै परिवारका सात जना रहेका छन् ।

नरहरिनाथ- ७ मा मंगलबार राति पहिरो जाँदा ६२ वर्षका गंगे बुढा, ६१ वर्षकी नैना बुढा, २४ वर्षका कुशा बुढा, १० वर्षकी चन्द्रिका बुढा, सात वर्षका राम बुढा र डेढ वर्षका चरित्र बुढाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। प्रहरीका अनुसार उनीहरुको पहिरोले पुरिएर घटनास्थलबाट शव निकालिएको हो । यस्तै १८ वर्षकी बिमला बुढाको भने उपचारको क्रममा ज्यान गएको हो । गंगे बुढाको परिवारका ११ जनामध्ये चार जनाले भागेर ज्यान बचाउन सफल भएका छन् ।

सोही गाउँपालिकाको ४ नम्बर वडामा पहिरोले घर पुरिँदा ६२ वर्षका बाले बुढा र उनकी श्रीमती मन बुढाको ज्यान गएको प्रहरीले जनाएको छ । अहिले पनि वर्षा नरोकिएकाले उद्धारमा समस्या भएकाे गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले बताए ।

प्रकाशित समय : १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु