global ime bank Long Banner Ad

गृहपृष्ठ मेगा बैंकको आकर्षक योजना : ब्याजदर ८.३२ प्रतिशत, दुई दिनमै कर्जा

मेगा बैंकको आकर्षक योजना : ब्याजदर ८.३२ प्रतिशत, दुई दिनमै कर्जा

मेगा बैंकको आकर्षक योजना : ब्याजदर ८.३२ प्रतिशत, दुई दिनमै कर्जा

मेगा बैंक नेपालले दुई दिनमै साना तथा मझौला(एसएमई) कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । बैंकले दशौं वार्षिकोत्सवको अवसर पारेर ८.३२ प्रतिशत ब्याजदरमै कर्जा दिने गरी योजना ल्याएको हो ।

यससँगै साना तथा मझौला व्यवसायीले एक करोड रुपैयाँसम्मको कर्जा लिँदा ८.३२ ब्याजदरमा कर्जा पाउनेछन् । ब्याजदर एक वर्षसम्म नबढ्ने बैंकले जनाएको छ । आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने हुने विज्ञप्तिमा उल्लेख छ ।

मेगा बैंकका देशभरका २०६ शाखाबाट यो सुविधा पाइनेछ । कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागि नयाँ कर्जा योजनाबाट लाभ लिने बैंकले आग्रह गरेको छ ।

प्रकाशित समय : १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु