global ime bank Long Banner Ad

गृहपृष्ठ आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार

आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार

आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार

धनुषा ।मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज वार्षिक बजेट प्रस्तुत गर्ने भएको छ ।

अर्थमन्त्र युवराज भट्टराईले मधेश प्रदेश सरकारको आगामी आवको राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्नुहुने मधेश प्रदेशसभाको आजको कार्यसूची छ । प्रदेश सरकारले चालु आवका लागि रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो ।

मधेस प्रदेश सरकारले आव २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । सर्वेक्षणमा प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुगेको उल्लेख छ । सर्वेक्षणअनुसार राष्ट्रिय प्रसारण लाइनमार्फत मधेस प्रदेशका १३६ स्थानीय तहअन्तर्गत एक हजार २७१ वडाका सबै घरधुरीमा विद्युत् पहुँच पुगेको छ । त्यस्तै, प्रदेशका सबै स्थानीय तहमा बैंक तथा वित्तीय सेवाको पहुँच विस्तार भएको जनाइएको छ । प्रदेशभर रहेका एक हजार ७५४ बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा प्रवाह भइरहेको छ ।

प्रकाशित समय : १०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु