गृहपृष्ठ नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै

नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै

नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै

काठमाडौँ । नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयनमा ल्याइने भएको छ । सम्भवतः पहिलोपटक आँखा स्वास्थ्य सेवा क्षेत्रमा लागू गर्न लागिएको सो प्रणालीले नेपालमा आँखा स्वास्थ्य सेवालाई अन्तरराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी छिमेकी देशसहित अन्य देशका आँखाका बिरामीलाई नेपालमा उपचार गर्न आउन थप आकर्षित गर्न यसले कोसेढुङ्गाको काम गर्ने जनाइएको छ ।

नेपाल नेत्रज्योति सङ्घले आफूअन्तर्गत सञ्चालित अस्पताल, उपचार केन्द्र, बाह्य कार्यक्रममा समेत सो प्रणालीलाई कार्यान्वयनमा ल्याउने नीतिलाई सार्वजनिक गरेको छ । सङ्घका महासचिव भरतबहादुर चन्दले भने “आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयनको तयारी गरिरहेका छौँ । यसबाट नेपालको आँखा स्वास्थ्य सेवाको गुणस्तरीयतालाई अन्तरराष्ट्रिय क्षेत्रमा थप पहिचान गराउन सहयोग पुग्नेछ ।”

हाल सङ्घअन्तर्गत हाल २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बाह्य कार्यक्रम सञ्चालित छ । सङ्घअन्तर्गत सञ्चालित ती सञ्जालबाट सन् २०२५ मा मात्र ३३ लाख ७८ हजार ४२ जना आँखाका बिरामीको आँखा परीक्षण एवं दुई लाख ६६ हजार ४०१ जनाको शल्यक्रिया गरिएको थियो ।

यसैगरी चार लाख ५४ हजार ९४२ बिरामीको निःशुल्क उपचार एवं २५ हजार ५६५ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । सोही वर्ष ती सञ्जालमार्फत नौ लाख ११ हजार ९८० जना अन्य देशका नागरिकको आँखा उपचार गरिएको सङ्घका का

प्रकाशित समय : १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु