गृहपृष्ठ नेपाली सेनाद्वारा सशस्त्र प्रहरीलाई ६ सय थान हतियार प्रदान
नेपाली सेनाद्वारा सशस्त्र प्रहरीलाई ६ सय थान हतियार प्रदान
नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ६ सय थान इन्सास राइफल प्रदान गरेको छ । सुरक्षाको विषय दुवै संस्थाका लागि उत्तिकै महत्वपूर्ण भएको जनाउँदै सेनाले सुरक्षा सामग्री सहयोग गरेको हो ।
सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिका लागि हतियार प्रदान गरिएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लव पौडेलले जानकारी दिए ।

प्रकाशित समय : १८:१० बजे



















