global ime bank Long Banner Ad

गृहपृष्ठ पुरानो स्मार्टफोनसँग ग्यालेक्सी एस२० साट्‌दा १९ हजार क्यासब्याक

पुरानो स्मार्टफोनसँग ग्यालेक्सी एस२० साट्‌दा १९ हजार क्यासब्याक

पुरानो स्मार्टफोनसँग ग्यालेक्सी एस२० साट्‌दा १९ हजार क्यासब्याक

सामसङले ‘मेगा एक्स्चेन्ज अफर’ अघि सारेको छ । योजनाअनुसार ग्राहकले आफ्नो पुरानो स्मार्टफोनलाई नयाँ ग्यालेक्सी एस२० वा एस२०+ सँग साँट्न सक्नेछन् । पुरानो स्मार्टफोनसँग ग्यालेक्सी एस २०+ साट्दा तत्काल क्यास ब्याक वा सामसङ एलईडी टिभी प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ । ग्राहकले ३२ इन्चको सामसङ एलईडी टपभी वा २२ हजार रुपैयाँको क्यास ब्याक मध्ये एक छनौट गर्न सक्नेछन् ।

ग्यालेक्सी एस२० को हकमा भने १९ हजार रुपैयाँ क्यास ब्याक प्राप्त हुनेछ । यसबाहेक ग्राहकले थप आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना जुलाई ३१ तारिखसम्म लागू हुने जनाइएको छ ।

यी फोनमा ६४ मेगापिक्सलको क्यामरा, दुवै फोनमा उच्चस्तरीय फोटो खिच्नका लागि सेन्सर राखिएको छ । दुवै फोनमा ३० गुणासम्मको जुम छ । सिंगल टेकले अनिवार्य यसमा भएका सबै लेन्सको प्रयोग आफ्नो रियर क्यामेरामा गर्छ । यसमा ग्राहकले विभिन्न फर्म्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सक्नेछन् । ग्यालेक्सी एस२० ८के भिडियो खिच्ने संसारको पहिलो स्मार्टफोन हो ।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु