global ime bank Long Banner Ad

गृहपृष्ठ सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेता

सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेता

सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेता

काठमाडौं । सोफिया तामाङले टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ को उपाधि जितेकी छन्।

काठमाडौंस्थित नेपाल पुलिस क्लब हल, भृकुटीमण्डपमा आयोजित ग्राण्ड फिनालेमा उनले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भएकी हुन्।

प्रतियोगिताको अन्तिम चरणमा पुगेका ६ जना प्रतिस्पर्धीबीच सूचना प्रविधि ९आईटी० सम्बन्धी विभिन्न चुनौतीपूर्ण कार्यहरूमा आधारित प्रतिस्पर्धा भएको थियो। तीमध्ये उत्कृष्ट प्रदर्शनका आधारमा सोफिया तामाङ विजेता घोषित भएकी हुन्।

प्रतियोगितामा प्रार्थना मिश्रा प्रथम उपविजेता र बिबेक अधिकारी द्वितीय उपविजेता घोषित भए।

विजेता सोफिया तामाङले नगद १ लाख रुपैयाँसहित रोजगारी सुनिश्चित गर्ने अवसर प्राप्त गरेकी छन्। त्यस्तै, प्रथम उपविजेता प्रार्थना मिश्राले ५० हजार रुपैयाँसहित रोजगारीको अवसर प्राप्त गरेकी छन्।

कार्यक्रमका प्रमुख अतिथि रायन ओ कोनेलले नेपाली युवामा बढ्दो सूचना प्रविधि प्रतिभा र अन्तर्राष्ट्रिय स्तरको सीप विकासबारे धारणा व्यक्त गरे। उनले विश्वव्यापी प्रतिस्पर्धामा सफल हुन प्राविधिक दक्षता र व्यावसायिक सीपको महत्व बढ्दै गएको उल्लेख गरे।

विशेष अतिथि रञ्जन राजाले साइबर सुरक्षा तथा डिजिटल सचेतनाबारे प्रकाश पार्दै डिजिटल युगमा सुरक्षित प्रविधि प्रयोगको आवश्यकता औंल्याए।

त्यसैगरी, पत्रकार तथा सञ्चारकर्मी सरल गुरुङले डिजिटल युगमा सीप विकास, प्रभावकारी सञ्चार र व्यक्तिगत ब्रान्डिङको महत्वबारे धारणा व्यक्त गर्दै युवालाई निरन्तर सिकाइ र सीप अभिवृद्धिमा केन्द्रित हुन सुझाव दिए।

कार्यक्रम बिराज भडेलको नेतृत्वमा सम्पन्न भएको थियो। आयोजकका अनुसार कार्यक्रमले नेपाली विद्यार्थी तथा युवालाई अन्तर्राष्ट्रिय स्तरको सीप, रोजगारीका अवसर तथा करियर मार्गदर्शन उपलब्ध गराउने उद्देश्य लिएको छ।

प्रकाशित समय : १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु