गृहपृष्ठ हुरीले टीकापुरमा केराखेती नष्ट
हुरीले टीकापुरमा केराखेती नष्ट
टीकापुर । बुधबार हुरीसँगैको मूसलधारे वर्षाले कैलालीमा दुई बिघामा गरिएको केराखेती झन्डै ६० प्रतिशत नष्ट भएको छ ।
टीकापुर २ कोठारपुरका जनक चौधरीको खेतमा लगाइका केरा दुई महिनापछि बजार लैजानका लागि तयारी अवस्थामा थिए । एकै दिनको विपद्ले करिब रु १४ लाख क्षति पुगेको चौधरीले बताए ।
त्यसैगरी सोही दिनको विपद्ले टीकापुर ७, सत्तीका केरा किसान कृत ठकुल्लाको बारीमा करिब १०० बोट केरा हुरीले ढालेको छ । पाँच बिघामा केराखेती गरेका ठकुल्लाले यसवर्ष थप चार बिघामा खेती गरेको थिय ।
‘‘बारीमा गनेको छैन, सयौँ बोट नष्ट भएका छन्’’, उनले भने ‘‘हुरी र असिनासहित आएको पानीले केरा किसानलाई पीडामा पा¥यो’’, उनले थपे ।
टीकापुर नगरपालिका–५ का किसान शेरबहादुर साउदको बारीमा हावाहुरीले क्षति पुगाएको छ । ‘‘बारीमा केरा ढलेका छन्, गन्न थालेमा तनाव हुन्छ’’, उनले भने ‘‘मजस्ता सयौँ किसानलाई आज पीडा भएको छ । केरा किसानले उत्पादन लिने बेलामा नोक्सानी बेहोर्नुपरेको छ ।’’
टीकापुरमा केरा किसानको बालीमा हुरीले क्षति गरेको गुनासो धेरै आएकाले वडास्तरमा तथ्याङ्क सङ्कलन कार्य सुरु गरिएको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतिसिंह विकले बताए।
‘‘धेरै किसानले फोन गरिरहेको छन । ठूलो क्षति भएको छ’’, उनि भन्छन, ‘‘क्षतिको विवरण थाह पाउनका लागि वडावडामा तथ्याङ्क सङ्कलन कार्य सुरु गरेका छौँ ।’’
प्रकाशित समय : १७:५५ बजे



















