global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभाः प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रष्ट पार्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रष्ट पार्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रष्ट पार्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्तले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिका विषयमा प्रष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन।

बैठकमा समय माग गर्दै उनले राष्ट्रियसभा विशेष प्रकृतिको भएकाले अनिर्णयको बन्दी बनाएर राख्न नहुने उल्लेख गर्दै सीमासम्बन्धी विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्रीले प्रतिनिधिसभामा यही जेठ १७ गते दिएको अभिव्यक्तिले वैदेशिक हस्तक्षेप बढाउने भएकाले तत्काल यसबारेमा प्रष्ट पार्नुपर्ने माग गरे ।

नेकपा (एमाले) का सांसद प्रेमप्रसाद दङ्गालले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले परराष्ट्र नीतिमा असर पर्ने भन्दै सिमानाको विषय राष्ट्रियतासँग जोडिएको हुनाले प्रष्ट पार्नुपर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले राष्ट्रियता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको संरक्षणमा सबैले ध्यान दिनुपर्ने भन्दै प्रधानमन्त्रीले बोलेको कुरा कानुन बन्ने भएकाले गम्भीर भएर बोल्नुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले यही जेठ १७ गतेदेखि अवरुद्ध संसद् आज परराष्ट्रमन्त्रीबाट केही जवाफ आएपछि अघि बढेको भन्दै प्रतिनिधिसभामा प्रधानमन्त्रीले सीमाका बारेमा दिएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन माग गरे ।

प्रकाशित समय : १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु