global ime bank Long Banner Ad

गृहपृष्ठ सामाजिक परिचालिका व्यवस्थापनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

सामाजिक परिचालिका व्यवस्थापनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

सामाजिक परिचालिका व्यवस्थापनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिका व्यवस्थापनसम्बन्धी बनेको प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकमा सामाजिक परिचालिकालाई प्राथमिकताका साथ लिई सम्बन्धित सबै मन्त्रालयले उहाँहरूको भावना सम्बोधन गर्न निर्देशन दिएको हो ।

समितिकी सभापति आकृति अवस्थीको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको समितिका सचिव इन्द्रविलास पौडेलले बताए उनका अनुसार समितिमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, अर्थमन्त्रालयका सचिव डा घनश्याम उपाध्याय, भूमि, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिव मदन भुजेलको उपस्थिति थियो ।

नेपाल सरकारले स्थानीय स्वायत्त शासन ऐन, २०५५ का आधारमा सामाजिक परिचालन कार्यविधि, २०७१ जारी गरिएको थियो । समाजमा पछि पारिएका महिला तथा सिमान्तकृत वर्गको विकासको मूल प्रवाहमा ल्याउने र उनीहरुमा जनचेतना फैल्याउने हेतुले सामाजिक परिचालिका खटाइएको थियो । यसअन्तर्गत देशभर ६३६ परिचालिका क्रियाशील थिए ।

सङ्घीयता आएपछि तीन तहको सरकार आएलगत्तै सामाजिक परिचालिकाको पारिश्रमिक र कार्य जिम्मेवारीमाथि बेवास्ता भएको बताउँदै परिचालिकाले अधिकार माग गर्न थालेको हो । उनीहरुको मागअनुसार केही स्थानीय सरकारले आफूअन्तर्गतका सामाजिक परिचालिकालाई रोजगार दिएको भए पनि अझै पनि ४०० भन्दा बढी सामाजिक परिचालिकाको रोजगार र पारिश्रमिक अधिकार अन्योलमा रहेको समितिका सचिव एवं सहसचिव पौडेलले जानकारी दिए।

अलपत्र परेका सामाजिक परिचालिकालाई व्यवस्थित गर्न तयार भइसकेको प्रतिवेदनको पूर्ण रुपमा कार्यान्वयन गर्न समितिले निर्देशनात्मक निर्णय गरेको उहाँले जानकारी दिए ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु