global ime bank Long Banner Ad

गृहपृष्ठ ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने (भिडियो सहित)

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने (भिडियो सहित)

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने (भिडियो सहित)

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ गर्नेलगायत नगर प्रहरीसम्बन्धी कारवाहीलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन ई–चलान प्रणाली लागू गरेको बताएका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको ई–चलान शुभारम्भ कार्यक्रममा बोल्दै उनले आजदेखि नै लागू हुनेगरि संचालनमा ल्याएको जानकारी दिए ।

उनले विभिन्न क्षेत्रमा प्रविधिमैत्री सेवाहरू विस्तार गर्दै आएको बताए । उनले स्मार्ट स्ट्रीट लाइट, इन्टेलिजेन्ट ट्राफिक लाइटलगायतका नवीनतम प्रविधि पहिलोपटक ललितपुरमा प्रयोग गरिएको उल्लेख गर्दै अब ई–चलान प्रणाली संचालन गर्न लागेको बताए ।

‘सेवाग्राहीलाई सहज बनाउनका लागि नगर प्रहरी प्रमुखज्यूले ट्रि लिफ टेक्नोलोजीका दीपक मल्लसँग सहकार्य गरेर प्रडक्ट हस्तान्तरण भयो । यो सिस्टमले कति काम गर्छ हेर्न बाँकी छ ।’

कुनै जरिवाना तिर्न सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने बाध्यताले सेवाग्राहीलाई असहज भएको महसुस भएको बताउँदै उनले त्यसको समाधानका लागि ई–चलान प्रणाली ल्याएको बताए ।

प्रकाशित समय : १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु