काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मलेसियाको अर्थतन्त्र १७ प्रतिशतले संकुचित

22.68K
shares

नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको मलेसियाको अर्थतन्त्र अन्तिम त्रैमासिक अवधिमा झण्डै १७ प्रतिशतले संकुचित भएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक संकटयता पहिलो पटक मलेसियाको अर्थतन्त्रमा यति ठूलो संकुचन आएको यो पहिलो पटक हो ।

मलेसियाको केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणमा अप्रिल–जुन महिनाको अवधिमा खुद वार्षिक वृद्धिदरमा १६.५ प्रतिशतले कमी आएको उल्लेख छ । वर्षको पहिलो त्रैमासिक अवधिमा मलेसियाको अर्थतन्त्रको संकुचन २ प्रतिशत थियो ।

कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले गरिएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द, यात्रा प्रतिबन्ध तथा अन्य व्यवस्थाले अर्थतन्त्रमा गहिरो असर परेको हो । तर मे महिनामा महामारीसँग सम्बन्धित कतिपय प्रतिबन्ध हटाइएपछि निर्यात, औद्योगिक उत्पादन र उपभोग्य खर्चमा उल्लेख्य सुधार आएको जनाइएको छ ।

राष्ट्रबैंकले वर्षभर समग्र अर्थतन्त्र ३.५ देखि ५.५ प्रतिशत ऋणात्मक हुने प्रक्षेपण गरेको छ । मलेसियाको अर्थतन्त्र सन् २०२१ मा ५.५ देखि ८ प्रतिशतका दरले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।