रुपन्देहीमा कोरोनाबाट थप ४ जनाको मृत्यु
वि.सं.२०७७ असोज २५ आइतवार १५:१४
shares

कोरोना संक्रमणबाट रुपन्देहीका थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बुटवल–११ का ८४ वर्षीय पुरुष, बुटवल ११ की ६१ वर्षीया महिला, बुटवल–१ का ७० वर्षीय पुरुष रहेका छन् ।
बुटवल–११ का पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो । बुटवलमा आइसीयू बेड नभएपछि उनलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजान रिफर गरिएकोमा बाटोमै आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
गौतमका अनुसार बुटवल ११ की महिला पनि असोज २१ गते आइसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा आइतबार बिहान २ बजे मृत्यु भएको हो । यस्तै बुटवल–१ का पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको हो । शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

























