गृहपृष्ठ नेपाल एकदिवसीय क्रिकेट वरीयतामा यथावत
नेपाल एकदिवसीय क्रिकेट वरीयतामा यथावत
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आज सार्वजनिक गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत रहेको छ ।
आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १९औँ स्थानमा यथावत रहेको हो । अघिल्लो वरीयतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो । एकदिवसीय वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ भने इंग्ल्यान्ड दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।
त्यसैगरी, पाकिस्तान चौथो स्थानमा छ भने अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ । दक्षिण अफ्रिका छैठौँ, बंगलादेश सातौँ, श्रीलंका आठौँ, वेष्ट इन्डिज नवौँ र अफगानिस्तान दसौँ स्थानमा छन् ।
प्रकाशित समय : १९:४५ बजे

















