गृहपृष्ठ उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक (सूचनासहित)
उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक (सूचनासहित)
प्रतिनिधिसभामा रिक्त उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार बिहीबार मनोनयन र शुक्रबार निर्वाचन हुने भएकाे हाे ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली छ । नेपालको संविधानको धारा ९० को उपधारा (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ । त्यसैगरी प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनु पर्ने संवैधानिक व्यवस्था छ ।
सूचना :

प्रकाशित समय : १९:५१ बजे

















