गृहपृष्ठ घनश्याम भुसालले भने– सार्वजनिक पदमा रहेका व्यक्ति एमालेका विभागमा रहँदैनन्
घनश्याम भुसालले भने– सार्वजनिक पदमा रहेका व्यक्ति एमालेका विभागमा रहँदैनन्
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू प्रमुख रहेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर नरहेको स्पष्टीकरण दिएका छन् ।
उनले यसबारे धेरै जनाले चासो राखिरहेको बताउँदै आफू नेतृत्वको विभागमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु नरहने पनि बताएका छन् ।
भुसाल प्रमुख रहेको उक्त विभागमा एम अधिकारी, खोटाङ सदस्य छन् । ती व्यक्ति गभर्नर महाप्रसाद अधिकारी हो वा होइन भन्ने प्रश्नको जबाफमा भुसालले लेखेका छन्, ‘स्वयम् गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसक्नुभएको छ।’
भुसालले थप प्रष्टीकरण दिँदै लेखेका छन्, ‘हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहान्छु ।’
प्रकाशित समय : २०:२७ बजे

















