गृहपृष्ठ सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला
सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला
सिटिजन्स बैंकले आजदेखि दुई लाख ६५ हजार नौ सय ९९ कित्ता सेयर लिलामीबाट बिक्रीका लागि खुला गरेको छ । बैंकले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।
यसमा न्यूनतम १५२ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ । लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबैका लागि आवेदन दिन सक्ने छन् । यसमा ११ साउनसम्म आवेदन दिन मिल्ने छ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौँमा पुग्ने गरी आवेदन बुझाउनु पर्ने छ । लिलामी सेयरको आवेदन १२ साउन दिउँसो २ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौँमा खोलिने छ ।
प्रकाशित समय : २०:४४ बजे

















