गृहपृष्ठ मेची पुलमा लागुऔषधसहित दुई पक्राउ
मेची पुलमा लागुऔषधसहित दुई पक्राउ
मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा लागुऔषधसहित सोमबार बेलुका प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मेचीनगर-१० का ३१ वर्षीय प्रदीप आलेमगर र मेचीनगर-८ का २० वर्षीय प्रशन्न राजवंशीको साथबाट लागुऔषध बरामद गरिएको प्रवक्ता पाठकले जानकारी दिए ।
प्रहरीले शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट लागुऔषध खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ १३ ग्राम, मोबाइल दुई थान र नगद तीन हजार बरामद गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित समय : १३:४९ बजे



















