global ime bank Long Banner Ad

गृहपृष्ठ नामिबियासँग पनि हार्‍यो नेपाल

नामिबियासँग पनि हार्‍यो नेपाल

नामिबियासँग पनि हार्‍यो नेपाल

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार भएको खेलमा नेपाललाई नामिबियाले ४० रनले हराएको हो ।

नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो । आरिफ शेखले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेलेपनि नेपाल पराजित भयो ।

यस्तै देव खनालले ३४ रन जोड्दा कुह्सला भुर्तेलले २७ रन जोडे । करण केसी १९, आसिफ शेख १४ र आदील आलम र सोमपाल कामी समान १० रनमा आउट भए । रोहित पौडेल र कप्तान सन्दीप लामिछाने सुन्य रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी ४ र बसिर अहमेद ३ रनमा आउट भए । नामिबियाका बेर्नार्ड, जान फ्राईलिन्च्क र डाभिड वेइसले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २० रन बनाएको थियो । नामिबियाका लागि जान निकोल लोफ्टीले ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै डिभान ला ककले ४१ रन जोड्दा कप्तान गेर्हार्ड एरास्मुसले २२ रन जोडे ।

क्रेग विलियम्सले २१ तथा लो हान्ड्री र डाभिड वाइसले समान १८/१८ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछानेले ५४ रन खर्चिएर ४ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

यस हारसँगै नेपाल अंक तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ । नामिबिया १६ खेलम १६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । सिरिजअन्तर्गत अब नेपालले दोस्रो खेलमा आयोजक स्कटल्याण्डविरुद्ध बुधबार खेल्नेछ ।

त्यस्तै नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।

प्रकाशित समय : १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु