गृहपृष्ठ बागलुङमा डेंगु भेटियो
बागलुङमा डेंगु भेटियो
बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छन् । गर्मी बढेसँगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण जिल्लाका दुई जनामा भेटिएको हो ।
धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिए । उनीहरु शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए ।
संक्रमित बागलुङ नगरपालिका-७ का र ९ रहेका छन् । ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
वर्षात्का कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने गरेकाले पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
प्रकाशित समय : १३:२५ बजे


















