global ime bank Long Banner Ad

गृहपृष्ठ हराएका दुईजना मृत अवस्थामा फेला

हराएका दुईजना मृत अवस्थामा फेला

हराएका दुईजना मृत अवस्थामा फेला

सुनसरीमा आइतबारदेखि हराएका दुईजना छुट्टाछुट्टै स्थानमा मृतावस्थामा आज फेला परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका–१ शान्ति चोकका पपुलाल उराँवका छोरा पाँच वर्षीय आकाश उराँव घर नजिकैको बाहुनी खोलामा मृतावस्थामा फेला परेका छन् ।

आइतबार दिउँसोदेखि घरबाट हराएको खोजी गर्ने क्रममा सोमबार खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

त्यसैगरी इनरुवा–२ रामजानकी टोलका ६५ वर्षीय गंगाराम मण्डल घर नजिकैको नहरमा मृतावस्थामा फेला परेका छन् ।

आइतबार बेलुकीदेखि घरबाट हराएका मण्डलको खोजी गर्ने क्रममा नहरमा डुबेर मृत्यु भएको अवस्थामा  शव फेला परेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ भने शवपरीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको प्रहरीले जनाएको छ । 

प्रकाशित समय : ०४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु