गृहपृष्ठ हिमालयन हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँड हुने

हिमालयन हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँड हुने

हिमालयन हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँड हुने

हिमालयन हाइड्रोपावर कम्पनीको आइपीओ २८ असारमा बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौँमा मंगलबार (२८ असार) बिहान ८ः३० बजे आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो ।

हिमालयन हाइड्रोपावरको आइपीओमा मागभन्दा १०.१० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुने छ । जसमा एक लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुने छ ।

प्रकाशित समय : २२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु