global ime bank Long Banner Ad

गृहपृष्ठ राप्रपानिकट विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र

राप्रपानिकट विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र

राप्रपानिकट विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र

राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग सरकारलाई बुझाएको छ । 

राप्रविसंका अध्यक्ष धनसुर शाहीको नेतृत्वमा गएको संगठनका प्रतिनिधिले सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेलसँग सिंहदरबारमा भेट गरी शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएको हो । 

शिक्षामन्त्रीलाई सोमबार दिइएको ज्ञापनपत्रमा सनातन धर्मविरुद्धका विषयहरुको पठनपाठनमा तत्काल रोक्न माग गरिएको छ ।

राप्रविसंले १२ कक्षासम्म शिक्षा निःशुल्क गर्न, विद्यार्थीलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग गरेको छ । यस्तै, शिक्षाको व्यापारीकरण नियन्त्रण गर्न र समुदायस्तरका विद्यालयको स्तरोन्नति गर्नसमेत राप्रविसंले सरकारसँग माग गरेको छ ।

‘विद्यार्थी भर्ना भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक र पाठ्य सामाग्री नपाउनु चिन्ताको विषय हो, सरकारको गैरजिम्मेवारीको पराकाष्ठा हो । यसै सन्दर्भमा शैक्षिक क्षेत्रको समग्र सुधार र विकासका लागि हामीले सरकारको ध्यानाकर्षण गराएका हौँ,’ राप्रविसंका महासचिव एन्टीसंघर्ष राईले भने ।

गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजनीतिक, समसामयिक र जनजीविकासँग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्नो माग सम्बोधन गराउन गत असार १३ गतेदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित समय : २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु