global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारलाई सभामुखको रुलिङ 

सरकारलाई सभामुखको रुलिङ 

सरकारलाई सभामुखको रुलिङ 

 सभामुख अग्निप्रसाद सापकोटाले  शून्य समय र विशेष समयमा सांसद्हरुले उठाएको विषयमा उचित जबाफ दिन सरकारको ध्यानाकर्षण गराएको छ । 

शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक–पटक सांसद्हरुले आपत्ति जनाएका थिए । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले संसद्को शून्य समय र विशेष समयमा सांसद्हरुले उठाएका विषयप्रति सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । 

‘शून्य समय, विशेष समय र अन्य समयमा माननीय सदस्यहरुले उठाउनुभएका विषयहरुको सन्दर्भमा सम्बन्धित  मन्त्रालयको ध्यानाकर्षण गराउँदछु,’ सभामुख सापकोटाले भने । 

आजको बैठकमा पनि शून्य समयमा सांसद्हरुले मुलुकको समसामयिक एवम् राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विषद्का विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो । सभामुखले सम्बन्धित मन्त्रीलाई सांसद्ले उठाएको जिज्ञासाको उचित जबाफ दिन सरकारलाई रुलिङ गरे । 

प्रकाशित समय : १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु