nmb bank

गृहपृष्ठ बर्खायामसँगै नाइरोबी फ्लाइ किराको संक्रमण

बर्खायामसँगै नाइरोबी फ्लाइ किराको संक्रमण

बर्खायामसँगै नाइरोबी फ्लाइ किराको संक्रमण

बर्खायामसँगै नाइरोबी फ्लाइ किरोको संक्रमण देखिएको छ । नाइरोबी फ्लाइ जातको किरा देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् ।

प्रायःजसो वर्षायाममा देखिने उक्त किरा अहिले पनि देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा उक्त जातको किरा देखिएको महाशाखाको किटजन्य शाखा प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिए ।

काठमाडौँको सिभिल अस्पतालमा उक्त किराका कारण संक्रमित भएका दुई जनाको उपचार गरिएको छ । उनका अनुसार गत वर्ष पनि उक्त किराको संक्रमणका कारण तीन÷चार बिरामी भेटिएका थिए । ‘अहिले पनि नाइरोबी फ्लाई किरा देखिन थालेको छ । किरा बाहिरी मुलुकबाट नआइ यही उत्पादन हुने गर्दछ,’ दाहालले भने, ‘किराले लामखुट्टे जस्तो संक्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सार्दैन । जनस्वास्थ्यमा ठुलोरुपमा यो किराले संक्रमण ल्याउँदैन ।’

मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरामा थिचिन गइ रस निस्कन्छ । उक्त रसमा रहेको पेडेरिन तत्व एसिडले छालामा संक्रमण गराउँदछ । उनी किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने संक्रमण नहुने बताउँछन् । ‘किरालाई सजिलैसँग शरीरबाट फाल्न सक्यो भने संक्रमण हुँदैन,’ उनले भने, ‘किरा नरम भएकाले शरीरबाट फाल्दा थिचिने गर्दछ र यसरी थिचिँदा किराबाट एसिड निस्कन्छ । जुन एसिड शरीरलाई हानि गर्दछ ।’

एसिड छालामा लागेपछि २४ घण्टा भित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने  महाशाखाको किटजन्य शाखा प्रमुख डा.दाहालले जानकारी दिए । ‘लक्षण देखिएपछि धेरै मानिस आफैँ सञ्चो भएर जान्छन्,’ उनले भने, ‘सञ्चो नभएका नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जानु पर्दछ ।’

प्रायःजसो सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा उक्त किरा देखिने र प्रजनन गराउने गर्दछ । किराबाट हुने संक्रमणबाट पेडेरस डर्माटिटिइज जस्तो रोग लाग्ने गरेको उनी बताउँछन् । किराको संक्रमणबाट देखिने रोगबारे छाला रोगका विशेषज्ञ र किरा विज्ञसँग छलफल गर्ने तयारी भइरहेको दाहालले बताए । 

प्रकाशित समय : २३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु