गृहपृष्ठ आज देशभर १०२ कोरोना संक्रमित थपिए

आज देशभर १०२ कोरोना संक्रमित थपिए

आज देशभर १०२ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६१५ जनाको परीक्षण गरिएको थियो । 

१ हजार ५३९ जनाको पीसीआर गर्दा ७२ र १ हजार ७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा ३१ जना संक्रमणबाट निको भएका छन् । अहिले देशभर ६०५ जना सक्रिय संक्रमित छन् । 

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

प्रकाशित समय : २३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु