nmb bank

गृहपृष्ठ चुनावमा पैसाको खोलो बग्छ, भनि साध्य छैन : सभामुख सापकोटा

चुनावमा पैसाको खोलो बग्छ, भनि साध्य छैन : सभामुख सापकोटा

चुनावमा पैसाको खोलो बग्छ, भनि साध्य छैन : सभामुख सापकोटा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा पैसाको खोला बग्ने बताएका छन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउनेजस्तो डरलाग्दो अवस्था आएको गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान नै सञ्चालन गर्न युवाहरुलाई अनुरोध गरेका हुन् । 

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमुना युवा संसद् अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उनले संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विकृति र विसंगतिको अन्त्य गर्न ढिलाइ गर्न नहुने बताए । 

‘चुनावमा देखिने विकृति, विसंगतिहरु अब सबभन्दा डरलाग्दो कुरा त तपाईंहरुले पनि थाहा पाइराख्नुभएको छ । यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा । त्यो भनि साध्य छैन,’ उनले भने, ‘असल इमानदार कार्यकर्ताले लड्न गाह्रो हुने अवस्था छ । तर, अहिले के संकेत देखिन थालेको छ भने राम्रोसँग हामीले अभियान छेड्न सक्यौँ भने वास्तवमा फेरि धेरै पैसा खर्च नगरिकन जित्ने पनि छन् ।’

उनले धेरै पैसा खर्च नगरिकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौँ, धरानलगायतका  ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण गराए । 

स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको उल्लेख गर्दै उनले त्यसबाट पाठ सिकेर नेपालका राजनीतिक नेतृत्वहरुले अघि बढ्न जरुरी रहेको बताए । 
 

प्रकाशित समय : २३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु