nmb bank

गृहपृष्ठ म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु : बालेन साह

म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु : बालेन साह

म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु : बालेन साह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) एक कदम पछि हटेका छन् । चौतर्फी आलोचना भएपछि र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन् । उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन् ।

‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले भनेका छन्। यसअघि उनले सालिक बनाउन महानगरको १५ लाख रुपैयाँ बजेट छुट्याएका थिए ।

उनले शुक्रबार आफ्नो फेसबुकबाट यम बुद्धको सालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका थिए । यसबारे सरसल्लाहसमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको एक वडाध्यक्षले बताएका थिए ।

यसरी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चौतर्फी आलोचना भएको थियो । विरोधपछि महानगरपालिकाको बजेट प्रयोग गरी सालिक बनाउने निर्णयबाट उनी पछि हटेका हुन् ।
 

प्रकाशित समय : २२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु